सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माजोङ्ग क्यासिनो नेपालगञ्जद्वारा बृहद रक्तदान कार्यक्रममा गरे


नेपालगञ्ज , बाँकेमा उपचारको लागि रगतको अभाव हुन नदिने उद्देश्यले सोल्टी होटल नेपालगञ्जमा सञ्चालनमा रहेको माजोङ्ग क्यासिनोले बृहद रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।


नेपालगञ्ज उपमहानगरका नगरप्रमुख प्रशान्त विष्टले सो कार्यक्रमको उद्दघाटन गर्दै नेपालगञ्ज तथा बाँकेका विभिन्न अस्पतालहरुमा उपचारको लागि रगतको अभाव नहोस भन्ने उद्देश्यले माजोङ्ग क्यासिनोले रक्तदान कार्यक्रमको आयोजना गरी आफ्नो सामाजिक उत्तरदायित्व प्रकट गरेको भन्दै धन्यवाद ब्यक्त गरे ।
उनले भने–‘ महजोङ्ग क्यासिनोले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्य गर्दै आएको छ । त्यो मध्ये रक्तदान कार्यक्रम दोस्रो पटक आयोजना गरी त्यसमा झन टेवा पुराएको छ ।’

उनले नेपालगञ्ज उपमहानगरको सौन्दर्यकरणमा समेत सहभागिता जनाउन क्यासिनो परिवारलाई आग्रह समेत गरे ।बाँकेमा रहेका विभिन्न २४ वटा अस्पतालहरुमा उपचारको लागि दैनिक १०० पिन्ट रगतको आवश्यकता पर्ने र त्यसका लागि आफुहरुले सानो प्रयास गरेको माजोङ्ग क्यासिनोका महाप्रबन्धक निरजकुमार प्रधानले जानकारी दिए ।

सो कार्यक्रममा क्यासिनोका कर्मचारीहरु मध्यबाट २१ महिला ३५ पुरुष गरी ५६ जनाले रक्तदान गरेका छन् । माजोङ्ग क्यासिनोले नेपालगञ्जमा दोस्रोपटक रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

नेपाल रेडक्रश सोसाईटी रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले विभिन्न अस्पतालहरुमा उपचारको लागि दैनिक आवश्यकता पर्ने रगतको उपलब्धताको लागि विभिन्न दाता समुहबाट नियमित रक्तदान गर्न आग्रह गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »