सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका पहिलो

नेपालगन्ज, बाँकेका आठ वटा स्थानीय तह मध्ये संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा गाउँपालिका पहिलो भएको छ। आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्याङ्कनको अन्तिम नतिजामा जिल्लाका आठ स्थानीय तहमध्ये डुडुवा ८५ अङ्कका साथ प्रथम भएको हो।


८१ अङ्कका साथ कोहलपुर नगरपालिका दोस्रो र ७७.५० अङ्कका साथ तेस्रो स्थानमा खजुरा गाउँपालिका रहेको छ। यस्तै चौथो स्थानमा रहँदै जानकी गाउँपालिकाले ७६.५० अङ्क प्राप्त गरेको छ भने पाँचौँ स्थानमा रहेको बैजनाथ गाउँपालिकाले ७३.२५ अङ्क हासिल गरेको छ।
त्यसपछिका स्थानमा राप्तीसोनारी गाउँपालिका ७०.५०, नरैनापुर गाउँपालिका ६७.२५ र सबैभन्दा पछाडि रहेको नेपालगन्ज उपमहानगरपालिकाले ६४.७५ अङ्क प्राप्त गरेका छन्।
गाउँ तथा नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्याङ्कनको प्रणाली कार्यान्वयनमा ल्याएको छ।
नेपालगन्ज उपमहानगरपालिकाले आगामी दिनमा सो नतिजामा सुधार गर्दै जाने जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »