सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एमाले बाँकेको २ दिने प्रशिक्षण जारी

नेपालगन्ज, नेकपा (एमाले) बाँकेको आयोजना र जिल्ला स्कुल बिभागको ब्यवस्थापनमा बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम आज समापन हुदैछ ।
कार्यक्रममा आज मंगलबारको पहिलो सेसनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि,विकास र सुशासनमा पार्टी पङ्तिको दायित्व विषयमा सहजीकरण गरिरहनुभएको छ । आज घनश्याम कोइरालाले प्रशिक्षण विधि,व्यवस्थापन शैली र कला तथा केन्द्रीय सदस्य सुर्य ढकालले सहजीकरण गर्नुहुने जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो ।

filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Night; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 31.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

नेकपा एमाले जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरुको क्षमता विकास सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रमको सोमबार बर्दियाको ठाकुरद्वारामा महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको थियो ।

महासचिव पोखरेलले १० औ महाधिवेशनबाट पारित सिद्धान्त,कार्यक्रम र कार्यदिशा तथा नेपालमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिनुभयो ।

कार्यक्रममा पार्टीका उपमहासचिव तथा स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले मार्क्सवादी अध्ययन,जनताको बहुदलीय जनवादका विषयमा र प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले पार्टी संगठनका समस्या र समाधानको विकासका विषयमा प्रशिक्षण दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »