सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सर्वोच्चको हचुवा निर्णयमा शंका– बालेनको हतारोमा आपत्ति

–रामप्रसाद न्यौपाने

सम्मानित सर्वोच्च अदालतबाट न्यायपाईन्छ भन्ने हामी सम्पूर्ण नेपालीहरू आशावादी हुन्छौ तर, न्यायालय कहिले काँही हिटलर (कुर्र शाशक) बन्न खोज्छ यो राम्रो हैन। कोबाट न्यायलय संञ्चालित भएर यस्तो हुन्छ होला ? कसलाई थाहा छ ? अदालत जनताको हुनपर्ने हो। तर, कहिले केही सुजबुज नराखी न्यायधिसहरू नै सर्वेसर्वा हुँदारहेछन यो कसको लागि हो कानून, प्रशाशन, प्राविधिक, राजनिति सबै अदालतले हेर्ने हो ? अब कानूनले बोले पछि लालमोहर हुने हो?

कानूनले जनताको हित के गर्दाहुन्छ भनेर बुझ्न नपर्ने न्यायधिशलाई जे मनलाग्छ त्यही गर्ने? अव हामी सर्वसाधारणहरू न्यायधिसको तजविजमा बाँच्नुपर्ने भयो ? यसैको लागि कानूनी राज्य घोषण भएको हो ?

प्राविधिक कुरा प्राविधिकले हेर्नुपर्छ होला, राजनीति राजनीतिज्ञले हेर्नु पर्छ, प्रशाशनिक कार्य प्रशाशनले हेर्नुपर्छ ,शान्ति सुक्षाको लागि सुरक्षाकर्मी नै चाहिन्छ । विज्ञता भनेको सबै विषयमा हुँदै हुदैन । ०६७–wo–१००२ को उत्प्रेषण समेत मुद्दामा मिति २०८०/०९/०३ गते भएको फैसलाले “बागमती र यसका सहायक नदीहरूको किनारामा के–कति जग्गा दायाँ–बायाँ छाड्ने भन्ने बारेमा नेपाल सरकार मन्त्री परिषदद्वारा मिति २०६५/०८/०१ मा निर्धारित दुरी वाहेक नै सबै खोला नालाहरूको हकमा दाँया. बायाँ न्यूनतम अर्को थप २० मिटर छाड्नु पर्ने परमादेश जारी गरी सर्वोच्चको तत्कालीन न्यायधिशहरू २ जनाले जनताको पक्षमा नभई कुनैपनि अध्ययन नै नगरिकन हावामा निर्णय गरेको छ ।

यस्तो हचुवा निर्णय गर्दै जानेहो भने, सर्वोच्च अदालतको विश्वसनियता प्रति नै शंका र उपशंका हुने, जनताको आशा र भरोसा रहेको संस्थामाथि नै प्रश्न उठनु उत्यन्तै खेदपूर्ण छ । यसमा सरकारले पुनरावलोकन गर्नुपर्छ । र जनताको हित विपरीत भयको निर्णय उल्टाउन पर्छ । गलत निर्णय (अध्यायन विना निर्णय )गर्ने लाईपनि कानूनि कारवाही गर्न जरूरी देखिन्छ । नत्र कानूनको नाममा कुरूर शाशक जन्मन सक्छ । हामी सबैले होस गर्न जरुरी छ। अहिले निहुँमात्र चाहिएको छ। आगोमा कतिखेर घ्यू पर्छ थाहा छैन ।

मुद्दामा विपक्ष रहेको नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अधिकारी सम्पन्न वागमती एकिकृत विकास समिति ,भौतिक योजना तथा निर्माण मन्त्रालाय, तत्कालीन स्थानीय बिकास मन्त्रालय, काठमाडौं महानगरपालिका,ललितपुर उपमहानगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर ठिमी नगरपालिका लगायतलाई विपक्ष बनाई मुद्दा दायर गरेकोमा काठमाडौं महानगरपालिकाले जनताको भलोगर्ने,जनहितकारि कार्यगर्ने लोकप्रिय मेयरको परिचय बनाउन सफा ठान्ने बालेन शाहले मात्र हतार हतारमा जनतालाई सु–सुचीत गराउने बहानामा कतै टुकुचाको पुरानो मापदण्डअनुसार काम गर्न नदिएकोले जनतालाई थप त्रसीत बनाएकोत हैन ? भन्ने आशंका पनि उत्पन्न भएको छ ।

सुसुचित गर्ने तपाईको कर्तव्य पनि हो । दायित्व पनि हो । त्यसलाई हामी मान्छौ । तर, गलत दृष्टि नराख्दा हुन्छ । तपाई जनताको मान्छे बन्ने खोज्नेले कर चाँही ६०% भन्दा बढी बढाएर आफु कसरी लोकप्रिय बन्नुहुन्छ ? करको बारेमा तुरुन्त तपाईको मन्तव्य आउन जरुरी छ । वडा वडामा जानकारी गराउन जरूरी छ । अन्यथा कर वृद्धि विरुद्ध अभियान चालिनेछ। वडा अध्यक्षहरुले पनि जनताको पक्षमा किन नवोलेको होला ? नगरपरिषद सकिसक्यो । जनता सचेत छन् –यो भोलि जनताले लखेट्ने दिन नआवस खवरदार ।

(लेखक तथा विचारक न्यौपाने सामाजिक अभियन्ता हुनुहुन्छ।)

भर्खरै

सम्बन्धित खबर

Language »