सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोशीको लगातार दोस्रो जित

काठमाडौं । एन्फा महिला लिगमा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ।

एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा कोशीले बामगती युथ क्लबलाई २-१ गोलले पराजित गर्‍यो।

खेलमा अग्रता भने बागमती युथ क्लबले लियो। बागमतीका लागि विष्णुमाया बलले २६ मिनेटमा गोल गरिन्। ‍

२९ मिनेटमा कोशीले बराबरी गोल फर्कायो। कोशीका लागि समिक्षा मगरले बराबरी गोल गरिन्।

५५ मिनेटमा बामगतीले आत्मघाती गोल गर्दा कोशीलाई फाइदा पुग्यो। बागमतीकी दिव्या मगरले आत्मघाती गोल गरेपछि कोशी २-१ गोलले अघि बढेको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »