सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लिटल बुद्धज एकेडेमीको आयोजनामा अभिभावक तथा शिक्षिकाबीच तीज गीतमा नृत्य प्रतियोगिता तथा दर कार्यक्रम सम्पन्न

काठमाडौं । हिन्दू नारीहरुको महान चाड हरितालिका तीज पर्वको पावन अवसरमा लिटल बुद्धज एकेडेमी स्वयम्भूले अभिभावक तथा शिक्षिकाबीच तीज गीतमा नृत्य प्रतियोगिता तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।

तीज गीत नृत्य प्रतियोगितामा अभिभावकद्व्य सगुन परियार र प्रतिमा श्रेष्ठले क्रमश: प्रथम र द्धितिय स्थान गर्नुभयो भने शिक्षिका सुमिक्षा तामाङ्ले तृतिय स्थान हासिल गर्नुभएको छ ।

विहिबार आयोजित उक्त कार्यक्रममा सहभागी तथा उपस्थित ४५ जना पाहुनाहरुलाई तीजको दर खुवाएर विद्यालयले बिदाइ गरेको थियो । लिटल बुद्ध एकेडेमीकी संचालक/अध्यक्ष श्रीमती मनु कार्की क्षेत्रीले समुदघाटन तथा अध्यक्षता गर्नुभएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा आफ्नो धारणा राख्दै विद्यालयका सहायक प्राचार्य शंकर घिमिरेले विद्यालयले आगामी बर्षहरुमा यस्ता प्रतियोगिता नियमित रुपले संचालन गर्ने र यसलाई आफ्नो ब्राण्ड/छाप तुल्य बनाउदै लैजाने उल्लेख गर्नुभएको थियो ।

कार्यक्रमका बिजेताहरुलाई प्रमाण पत्र तथा पुरस्कारबाट सम्मान गरिने कार्यक्रम रहेको एन प्याब्सनका बागमती प्रदेश अध्यक्ष समेत रहनुभएका लिटल बुद्ध एकेडेमीका प्राचार्य नारायणकुमार कार्कीले जानकारी गराउनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »