सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पोलाइन्ड नामक लागुपदार्थ सहित एक जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले पोलाइन्ड नामक लागुपदार्थसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार बेलुका काठमाडौं महानगरपालिका-३२ कोटेश्वर स्थित झोलुङ्गे पुल नजिकबाट कन्चनपुरको कृष्णपुर नगरपालिका-२ का २२ वर्षीय युवकलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको सूचनाको आधारमा ५ किलो लागुऔषधसहित उनलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले उनको नाम भने खुलाएको छैन ।v

भर्खरै

सम्बन्धित खबर

Language »