सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नवलपरासीमा मोटरसाइकल र साइकल ठोक्किंदा एक जनाको मृत्यु

काठमाडौं । मोटरसाइकल दुर्घटना र साइकल ठोक्किंदा नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति नवलपरासीको बर्दघाट नगरपालिका-१३ जमुनियास्थित नारायणचोकतर्फ जाँदै गरेको लु४प ७६९१ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल एक आपसमा ठोक्किएका थिए ।

दुवै चालकहरु घाइते भई उपचारको लागि मेडिकल कलेज भैरहवा रुपन्देही पठाइएकोमा साइकल यात्रीको  आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नवलपरासी बर्दघाट नगरपालिका-१ नारायणचोकका ४७ वर्षीय सुरेश चौधरी रहेका छन् । उनको शव मीम अस्पताल भैरहवामा राखिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »