सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक तथा नायक प्रबिन्स् मोक्तानको “जाउँ हिड रामेछाप” बोलको गीत सार्वजानिक

काठमाडौं । कलाकारीता क्षेत्रमा लामो समयदेखि संघर्षरत नायक तथा गायक प्रबिन्स् मोक्तानले नयाँ गीति एल्बम सार्वजानिक गरेका छन् ।
भक्तपुर,सुर्यबिनायकको एक रेष्टुरेन्टमा भल्वाडी मैत्री सेवा समितिकोे सहकार्यमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिषद सदस्य पाल्साङ्मो लामाको प्रमुख आतिथ्यता तथा भल्वाडी मैत्री सेवा समितिकी अध्यक्ष निरमाया लामाको सभापतित्वमा गीतको लोकापर्ण कार्यक्रम सम्पन्न भएको हो ।
गीतका सर्जक सुर्य योन्जनले सन्चालन गरेको बिमोचन कार्यक्रममा जन सांस्कृतिक महासंघ बागमती प्रदेशका उपाध्यक्ष चम्पा योन्जन,नेपाल तामाङ घेदुङ भाषा साहित्य प्रमुख हिरालाल दोङ,समाजसेवी बिकेश थिङ,बज्र एकता समाजका अध्यक्ष विर बहादुर घिसिङ,जन गायक मदन योञ्जन, भल्वाडी मैत्री सेवा समितिका कोषध्यक्ष शुकराम तामाङ,रुपाकोट तामाङ समाजका अध्यक्ष पुर्ण तामाङ,योञ्जन युवा समाजका सदस्य दिपक योञ्जन, समाजसेवी तथा भल्वाडी मैत्री सेवा समितिका सदस्य राजेन्द्र तामाङ,अभिनेता तथा मोडल डिल बहादुर तामाङ,बरिष्ठ गायक तथा संगीतकार लाल बहादुर योञ्जन लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको बिशेष आकर्षणको रुपमा रहेका गायक तथा नायक प्रबिन्स् मोक्तानको सांगीतिक दौरानमा भएका संघर्ष र सफलताले तामाङ समुदायबाट यो क्षेत्रमा लाग्न चाहेका हरेक प्रतिभाहरुलाई प्रेरणा मिल्ने भन्दै प्रबिन्स् मोक्तानको बारेमा चर्चा भएको थियो ।
निरन्तरता नै सफलताको बाटो भएको भन्दै प्रबिन्स् मोक्तानको यो यात्रामा संघर्ष र निरन्तरताको संयोजन भएको बक्ताहरुको भनाई रहेको थियो ।
सानै उमेर देखि कलाकारीता क्षेत्रमा रुचि राख्ने प्रबिन्स्लाई आम दर्शक श्रोताले बहुआयमिक व्यक्तित्वको रुपमा चिन्न थालेको वक्ताहरुले बताउनु भएको थियो । बोल्ने सबै वक्ताहरुले प्रबिन्स् मोक्तानले यो गीत आफ्नो मातृभुमिको माटोको लागि गाएको भन्दै यसलाई सबैले माया गरिदिनुहुन आग्रह समेत गरिएको थियो ।
सुर्य योञ्जनको रचना रहेको गीतमा प्रबिन्स् मोक्तान र पुर्णिमा ब्लोन तामाङको आवाज रहेको छ भने यसलाई एरेन्ज गर्ने कार्य बाबु तामाङले गरेका छन् ।
प्रबिन्स मोक्तान अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको गीतमा रामेछापका धरै ठाउँहरुको बारेमा वर्णन गरिएको छ ।
यो गीतको भिडियो समेत छिट्टै ल्याउने तयारी भई रहेको गायक प्रबिन्स् मोक्तानले बताएका छन् ।


गीत सुन्न तलको लिंकमा जानुहोला

भर्खरै

सम्बन्धित खबर

Language »