सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागीसहित अभिभावकलाई दिईयो बाल स्वास्थ्य संबन्धी प्रशिक्षण

काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी प्रतियोगीसहित अभिभावकहरुलाई लक्षित गरि बाल स्वास्थ्य संबन्धी प्रशिक्षण दिईएको छ ।

ग्लोरी मिडियाद्धारा सुकेधारा निलोपुल स्थित ब्रेनल्याण्ड एकेडेमीमा भाद्र २२ गते शनिवार आयोजित बाल स्वास्थ्य विषयक उक्त प्रशिक्षण कार्यक्रम माझ बरिष्ठ बाल रोग बिशेषज्ञ डा कृष्ण बाँस्कोटाले प्रशिक्षण दिनुभएको हो ।

सो अवसरमा बालरोग विशेषज्ञ डा. बास्कोटाले गर्भमा रहेदेखी किशोरावस्थासम्म बालबालिकामा हुने शारिरीक एवं मानसिक परिवर्तन साथै उमेर अनुसार उनीहरुलाई आवश्यक पर्ने पोषण तत्व बारे प्रकाश पार्नुभएको थियो । डा. बास्कोटाले पत्रु खानाले बालबालिकाको वृत्तिविकासमा असर गर्ने हुदाँ स्वास्थबद्र्धक खाना मात्र सेवन गर्नुपर्ने र बालबालिकाहरुलाई अन्य उमेर समुहका मानिसलाई भन्दा बढि मात्रामा पोषण आवश्यक पर्ने बताउनुभएको थियो ।

साथै उहाँले अनुभव साटासाट गर्ने क्रममा आफनो बाल्यकाल, शिक्षा दिक्षा तथा पेशागत रुपमा विगतमा युनिसेफमा आवद्ध भई विश्वका विभिन्न देशहरु पुगेर आफूले दिएको स्वास्थ्य सेवा र बाल स्वास्थ्यको महत्व बारे पनि चर्चा गर्नुभएको थियो । उक्त कार्यक्रमको प्रश्नोत्तर सत्र माझ सहभागी बालबालिका एवं अभिभावकहरुले डा. बाँस्कोटासँग बाल स्वास्थ्यसँग संबन्धित रही विभिन्न जिज्ञासाहरु राख्नुभएको थियो ।

ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाको सभापतित्वमाझ आयोजित सो कार्यक्रममा लिटिल बुद्धज एकेडेमीका भाईस प्रिन्सिपल शंकर घिमिरे, ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका ईभेण्ट डाईरेक्टर सोमप्रसाद बास्तोला आदीको उपस्थिती रहेको थियो ।

उक्त सत्र पश्चात टेलिभिजन कार्यक्रम प्रस्तोता एवं निर्देशक समेत रहनुभएका ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले प्रतियोगीहरुलाई टेलिभिजन कार्यक्रम प्रस्तोता संबन्धी प्रशिक्षण दिनुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »