सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मनिष झाको दाबी : उपसभामुखले पूर्ण ज्ञान नभएर अमेरिकी दूतावासलाई पत्र लेख्नुभयो

काठमाडौं । रास्वपा सांसद मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले उपसभामुख इन्दिरा रानाले जानाजान गल्ती नगरेको दाबी गरेका छन् ।

बुधबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

संसद सचिवालयसँग सम्बन्धित नरहेका ६ व्यक्तिलाई अमेरिका पठाउन भिसा अन्तर्वार्ता मिति मिलाइदिन भन्दै संसदको लेटरहेडमा उपसभामुखले दूतावासलाई लेखेको अनधिकृत पत्र केही समयअघि सार्वजनिक भएसँगै उनको पदीय मर्यादाको विषय चर्चामा छ ।

१९ महिना अगाडि उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रलाई लिएर अहिले राजनीतिक रुपमा प्रश्न उठाइनु गलत भएको उनको भनाइ छ । यो विषयमा यसअगाडि नै प्रश्न उठेको र उपसभामुखले गल्ती स्वीकार गरिसकेको पनि उनले बताए ।

‘१९ महिना पहिले उपसभामुखज्युले एउटा पत्र लेख्नुभयो । उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो । जसको बारेमा उहाँले म बाट गल्ती भयो भनेर विज्ञप्ति पनि निकालिसक्नुभयो ।’

गल्ती स्वीकार गरिसक्दा समेत यसलाई राजनीतिक रुपमा बार्गेनिङ गरिनु गलत भएको उनले बताए ।

‘१९ महिनापछाडि त्यो राजनीतिक रुपमा चर्चाको विषय हुँदैछ’, उनले भने ।

भर्खरै

सम्बन्धित खबर

Language »