सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने 

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक नयाँ नोटको सट्टा सुकिला नोट साट्ने भएको छ।असोज १३ गतेदेखि राष्ट्र बैंकले दसैंको लागि सुकिला नोट साट्ने भएको हो।राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशमा रहेका कार्यालय र बैंकहरूबाट सुकिला नोट साट्न सकिने भएको छ। 

यसअघि झै १८ हजार पाँच सय रूपैयाँसम्म सुकिला नोट साट्न पाइने भएको हो।

५, १०, २०, ५० र एक सय दरको एक/एक बण्डल नोट साट्न सकिने भएको हो। ०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना हुनु अघिसम्म पनि नेपालमा भारतीय मुद्राको दबदबा थियो। नेपाली मुद्राको प्रचलन बढाउन राष्ट्र बैंकले ०१५/१६ सालबाट दसैंमै नयाँ नोट निष्कासन र वितरण गर्न थाल्यो। 

दसैंमा अर्थतन्त्र सहरबाट गाँउतिर सर्ने भएकोले नयाँ नोट निष्कासन र वितरणको चलन सुरू गरिएको थियो। दसैंमा आम उपभोगमा पनि वृद्धि हुने भएकोले त्यति खेर यस्तो सुरूवातले मुलुकभित्र नेपाली मुद्राको चलनचल्ती बढाउन ठूलो योगदान गरेको थियो।अहिले एउटा नोटका लागि करिब एक रूपैयाँ ४० पैसादेखि चार रूपैयाँ ६८ पैसा लागत लाग्ने गरेको छ। 

नोटहरूको दुरुपयोगकै कारण चाँडै पुरानो हुने र नयाँ नोट छाप्न पर्ने भएकोले मुलुकलाई वार्षिक सरदर ८४ करोड लागत पर्ने गरेको छ।त्यसैले पनि यसपटक राष्ट्र बैंकले नयाँ नोट नसाट्ने र प्रणालीमा रहेकै सुकिला नोट वितरण गर्ने भएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »