सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री ओलीले भदौ ३१ गते संसदमा सम्बोधन गर्ने

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओली आगामी असोज ४ गते संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागी हुने अमेरिका जाँदैछन्।

उक्त भ्रमणको एजेन्डाबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ।

भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण तालिका स्वीकृत गरेको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »