सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यसरी बनाइँदैछ सूर्यविनायक-धुलिखेल ६ लेन सडक

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेको धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तारको काम भइरहेको छ।

भक्तपुरको सूर्यविनायकदेखि साँगासम्म र साँगाबाट धुलिखेलसम्म छुट्टाछुट्टै, दुई चरणमा निर्माण गर्ने गरी ठेक्का लगाइएको थियो।

३६ महिनामा निर्माण सकिसक्नुपर्ने भए पनि काम सुस्त देखिएको छ।

डेढ वर्षअघि ठेक्का लागेको भए पनि अहिलेसम्म २५ प्रतिशतमात्रै भौतिक प्रगति भएको आयोजनाले जनाएको छ।

२०७९ पुस २४ गते निर्माण कम्पनीले दुई खण्डमा गरी तीन वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो।

सडक विस्तारका लागि ७.५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी ६ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको हो।

सडक मापदण्डभित्र परेका केही स्थायी संरचना हटाउन विलम्ब हुँदा सडक विस्तारमा ढिलाइ भएको आयोजनाले जनाएको छ। अहिले सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माणको काम भइरहेको छ। 

आठ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको यो सडकखण्डमा अघिल्लो आर्थिक वर्ष सरकारले ५४ करोड रुपैयाँ अर्थात् सात प्रतिशतमात्रै बजेट निकासा गरेको आयोजनाले जनानएको छ।

यस्तो अवस्थामा काम गर्न गाह्रो, मजदुर थप्न समस्या, सामान खरिदमा समस्या भएकाले पनि काममा ढिलाइ भएको आयोजनाले बताएको थियो। 

भर्खरै

सम्बन्धित खबर

Language »