सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको सेटमा भव्यतापूर्वक मनाईयो बाल दिवस

काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी बालबालिकाहरुले विविध कार्यक्रम प्रस्तुतीसहित रमाईलो गरि राष्ट्रि«य बाल दिवस मनाउनु भएको छ । ग्लोरी मिडियाद्धारा सुकेधारा निलोपुल स्थित ब्रेनल्याण्ड एकेडेमी हलमा भाद्र २९ गते शनिवार आयोजित सो कार्यक्रम माझ बालबालिकाहरुले हर्षेल्लासपूर्वक बालदिवस मनाउनु भएको हो ।

सो अवसरमा बालबालिकाहरु स्वयं्ले स्वागत मन्तव्य तथा धन्यवाद ज्ञापन गर्नैुभएको थियो भने बाल दिवस एवं बालबालिकासँग सरोकारित विषयमाथि केन्द्रित रही प्रस्तुती समेत दिनुभएको थियो । कार्यक्रममा बालबालिकाहरुले बालबालिकाको सवाललाई विशेष महत्व दिनुपर्नेमा जोड दिनुभयो । ६ बर्षिय बालिका आहाना अधिकारीको सभापतित्वमाझ आयोजित उक्त कार्यक्रम नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा साल्ट ट्र«ेडिङ्ग कर्पाेरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बाल दिवस मनाउने क्रममा केक काटेर दिवससहित प्रमुख अतिथि श्रेष्ठको जन्मदिन समेत मनाईएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले कर्पोरेशनले आयोडिनयुक्त नुनको विक्री वितरणको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको जानकारी दिदै बाल स्वास्थ्यप्रति सदैव सजक र सचेत रही आएको उल्लेख समेत गर्नुभयो ।

साथै उहाँले ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी बालबालिकाको प्रस्तुती निकै अब्बल रहेको आफूले महशुस गरेको बताउनुभयो । कार्यक्रम माझ एन प्याब्सनका केन्द्रिय महासचिव एवं बाल साहित्यकार पारसमणि दाहालले बाल अधिकारलाई सुनिश्चित गर्न सबैले आफनो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभयो । त्यसैगरि एन प्याब्सनका बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्कीले ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसले बालबालिकाको सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयोे ।

उसैगरि, होटल हायात रिजेन्सीका लर्निङ्ग एण्ड डेभलपमेण्ट म्यानेजर विलास खत्रीले बालबालिकाहरुको आत्मविश्वासलाई बढ्वा दिने हुदाँ यस्ता कार्यक्रमहरु निकै फलदायी रहने उल्लेख गर्नुभयोे । नेपाल चेम्बर अफ कमर्सकी निर्देशक श्रृष्टि त्रिपाठीले बालबालिकाको अधिकारलाई मुखरित गर्न सबैले होस्टेमा हंैसे गर्दै अघि बढनुपनमा जोड दिनुभयो ।

सो अवसरमा अभिभावकहरुले बालबालिकाका लागि शिक्षासँगै अतिरिक्त कार्यक्रमहरुको पनि महत्वपूर्ण स्थान रहने आशयसहितको मन्तव्य राख्नुभएको थियो । सो अवसरमा आयोजक संस्था ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले बाल सहभागितालाई प्रबद्र्धन गर्ने हेतुले बालबालिकाकै सभापतित्व र प्रस्तुतीमाझ कार्यक्रम सम्पन्न गरिएको जानकारी दिनुभयो ।

सोमराज बास्तोला ईभेण्ट निर्देशक रहेको उक्त ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका प्रतियोगीलाई फेसन कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिदै आउनुभएको छ ।

कार्यक्रमका विजेता तथा सहभागी प्रतियोगीहरुले एनटिभि न्युजमा प्रसारण हुने कार्यक्रम सचेतनाको बालबालिका लक्षित श्रृंखलाहरुमा कार्यक्रम प्रस्तोता भई कार्यक्रम संचालन गर्न पाउनु हुनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »