सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई युवकको उपचारका क्रममा मृत्यु

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। 

लमही नगरपालिका-६ बेलदमार नजिक बिहीबार बिहान ६ बजे घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका घोराही उपमहानगरपालिका – १८ नवलपुरका २२ वर्षीय मोटरसाइकल चालक श्रवणकुमार पुन र पछाडि सवार घोराही – ४ का २१ वर्षीय विनोद केसीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए। 

प्रहरीले दुवैलाई अचेत अवस्थामा उद्दार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो। 

भर्खरै

सम्बन्धित खबर

Language »