सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिराहा लहान नगरपालिका-१७ बस्ने २२ वर्षीय शिव शंकर ठाकुर र २४ वर्षीय अर्जुन कुमार यादव रहेका छन् ।

प्रहरी प्रभाग नागढुङगा तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले सप्तरीदेखी काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २७२८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार शिव र अर्जुनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध लिन आएका सिराहा लहान नगरपालिका-४ बस्ने २८ वर्षीय संजिब कुमारलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »