सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु

काठमाडौं । धनगढी विमानस्थलमा ढलेर एकजनाको मृत्यु भएको छ ।

शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर गोदावरी नगरपालिका -२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले ढलेर बेहोस् भएका बोहरालाई तत्काल माया मेट्रो अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको बताए ।

उनको हदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ । बोहराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »