सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दुर्गा प्रसाईंसँग साइबर ब्युरोले लिँदैछ बयान

काठमाडौं। प्रहरीले दुर्गा प्रसाईंसँग बयान लिने काम सुरू गरेको छ।

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंलाई उजुरी परेपछि साइबर ब्युरोले आइतबार पक्राउ गरेको थियो।

प्रसाईंलाई आइतबार बेलुकी अस्पताल पनि लगिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि प्रसाईंलाई वीर अस्पताल लगिएको प्रहरी स्रोतले जनाएको  छ।

स्वास्थ्यमा सुधार आएपछि उनीसँग प्रहरीले बयान लिने काम सोमबार मध्याह्नदेखि सुरू गरेको हो। साइबर ब्युरोको टोलीले बयान लिएको हो।

‘अहिले उहाँको स्वास्थ्य अवस्था ठिक छ, केही समस्या देखा परे फेरि अस्पताल लैजान्छौं, अहिले बयान भइरहेको छ,’ साइबर ब्युरो स्रोतले भन्यो।

जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई तीन दिन हिरासतमा राख्न आइतबार प्रहरीलाई अनुमति दिएको थियो। 

उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार तीन दिनको म्याद थप गरिएको हो। 

प्रसाईंलाई साइबर ब्युरोको टोलीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।

गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »