सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं जिल्ला अदालतबाटै हत्कडी काटेर फरार भएका थुनुवा ललितपुरबाट समातिए

काठमाडौं । म्याद थप गर्न काठमाडौं जिल्ला अदालत उपस्थित गराउन जाँदा हत्कडी काटेर फरार भएका एक थुनुवा २४ घण्टा नबित्दै पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाका लहान नगरपालिका–४ घर भएका २८वर्षीय संजिबकुमार दास छन् ।

थुनुवासँगै उनलाई भगाउन सहयोग गर्ने र लुकाएर कोठामा राख्ने गरी तीन जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उनको हत्कडी काट्न सहयोग गरेको आरोपमा लहान घर भई ललितपुर महालक्ष्मीस्थान बस्ने २९ वर्षीय साजन चौधरी र भागेपछि कोठामा राखेको आरोपमा सप्तरीका पंकज चौधरीलाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

संजिव भागेर पंकजको ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ मा भएको कोठामा गएर लुकेका थिए । उनीहरुबाट प्रहरीले हत्कडी काट्न प्रयोग भएको औजार, हत्कडी र मोबाइल ५ थान बरामद गरेको छ ।

पक्राउ परेका थुनुवामा ४ असोजमा लागु औषध खैरो हेरोइन ३७ ग्रामसहित पक्राउ परेका थिए । उनलाई म्याद थपका लागि आइतबार काठमाडौं जिल्ला अदालत लगिएको थियो । सोही क्रममा उनी भागेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »