सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दक्षिणकाली–सिस्नेरी–कुलेखानी सडक आजदेखि १२ दिन बन्द

काठमाडौं ।दक्षिणकाली भएर हेटौंडा निस्कने कुलेखानीसम्मको सडक खण्ड १२ दिन बन्द हुने भएको छ।

राजधानी पूर्वाधार विकास विशेष आयोजनाअन्तर्गत रहेको उक्त सडक खण्ड अहिले निर्माणाधीन छ।

अहिले कालोपत्रेको काम भइरहेकालेले मंगलबार (असोज ८) गतेदेखि १९ गतेसम्म (१२ दिन) बन्द हुने दक्षिणकाली नगरपालिकाले जानकारी दिएको छ।

हेटौंडा, मकवानपुरबाट सञ्चालन भइरहेको कुलेखानी सिस्नेरी छैमले दक्षिणकाली सडक (दक्षिणकाली– छैमले खण्ड) कालोपत्रे कार्य सुरु हुन गएको हुँदा उक्त खण्डमा मिति  असोज ८ गतेदेखि असोज १९ गतेसम्म १२ दिनको लागि सवारी साधन आवतजावत बन्द हुने भएकोले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गर्दछौं,’ सूचनामा भनिएको छ।

उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी–फाखेल–मातातीर्थ सडकखण्ड, कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडकखण्डबाट सञ्चालन गर्न  अनुरोध गरिएको छ।

यो बागमती प्रदेशको मुकाम हेटौंडादेखि काठमाडौं जोड्ने छोटो दुरीको मार्ग हो। २०५४ सालदेखि उक्त मार्ग सञ्चालनमा ल्याइएको भए पनि स्तरोन्नति नहुँदा यात्रुले दुःख पाउँदै आएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »