सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लैनचौरमा दुई वटा स्कुटर जुधे, चालकको मृत्यु

काठमाडौं । काठमाडौंको लैनचौरमा दुई वटा स्कुटर जुध्दा एक जनाको मृत्यु भएको छ।

बुधबार राति काठमाडौं महानगरपालिका-२ लैनचौरस्थित सडकमा दुई वटा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बा.७९ प ५४७८ नम्बरको स्कुटर र बा. प्र ०२-०३६ प ७४४९ नम्बरको स्कुटर जुधेको थियो।

दुर्घटना हुँदा बा. प्र ०२-०३६ प ७४४९ नम्बरको स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका-५ का २१ वर्षीय रूपेश केसीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बा.७९ प ५४७८ नम्बरको स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »