सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सप्तकोशीमा खसेको बसमा सवार सबैको उद्धार

काठमाडौं।कोशी बराजबाट खसेको यात्रुबाहक बसमा सवार सबै जनाको उद्धार भएको छ। 

चालक, सहचालक र यात्रुसहित बसमा सवार १७ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए। 

उनका अनुसार उद्धार गरेकालाई उपचारका लागि विभिन्न अस्पताल पुर्‍याइएको छ। 

यस्तै, सिरहा लहान नगरपालिका-८ का ३५ वर्षीय चालक चन्दनकुमार मेहता इलाका प्रहरी कार्यालय भारदह सप्तरीको नियन्त्रणमा रहेको जनाइएको छ। 

बिहीबार को १ ख ४६०१ नम्बरको यात्रुबाहक बस सप्तकोशी नदीमा खसेको थियो। बस बराजको सप्तरीतिरको भागमा बस खसेको थियो।

विराटनगरबाट गाईघाट गइरहेको यात्रुबाहक बस खसेको थियो। नरसिंह डिलक्स नामको बस दुर्घटनामा परेको थियो। बस आफै अनियन्त्रित भई ३५ नम्बरको बराजको ढोकादेखि दक्षिण साइडमा रहेको वाल भत्काई नदीमा खसेको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »