सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नारायणगढ-मुग्लिन सडकमा माइक्रोबस र ट्याङ्कर ठोक्किँदा १६ जना घाइते

काठमाडौं। नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ पन्ध्रकिलोमा बिहीबार राति साढे ९ बजे माइक्रोबस र दूध बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख १७५२नम्बरको माइक्रोबस र मुग्लिन जाँदै गरेको बा.प्र.०३-००१ख २६२२ नं. को दूध बोक्ने ट्याङ्कर एक-आपसमा ठक्कर खाएका हुन् । दुर्घटनामा घाइते हुनेमा माइक्रोबसका चालक र यात्रुहरू रहेको डीएसपी रिजालले बताए ।

ट्याङकर चालक मकवानपुरको राक्सिराङ गाउँपालिका-१ का २९ वर्षीय पेमा लामा मुग्लिन इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घाइतेमध्ये १२ जनाको चितवन मेडिकल कलेजमा र चार जनाको पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको डीएसपी रिजालले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »