सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दसैं सुरू भएसँगै राजधानी छाड्ने क्रम सुरू

काठमाडौं । दसैं सुरू भएसँगै राजधानी छाड्ने क्रम सुरू भएको छ। काठमाडौंको नयाँ बसपार्कमा यात्रुहरूको चहलपहल बढ्न थालेको छ।  

लगातारको वर्षाका कारण बाढी पहिरोका कारण विभिन्न सडकहरू अवरूद्ध रहेकाले यसपालि सरकारले सोमबारदेखि नै रूट परमिट खुला गरिदिएको छ। यसपालिको दसैंमा १८ लाखभन्दा बढी मानिसहरूले काठमाडौं छाड्ने आकलन छ।

यद्यपि पानी पर्ने क्रम जारी रहेकाले त्योभन्दा कम मानिसहरूले राजधानी छाड्न सक्ने आकलन पनि छ। अवरूद्ध सडकहरू पनि सरकारले यथाशीघ्र सञ्चालन गरिने बताउँदै आएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »