सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ब्राउन सुगरसहित तीन जना पक्राउ 

काठमाडौं । दुई जना होटेल सञ्चालक र अर्का एक युवकलाई दाङ प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको छ। 

रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ घर भई हाल दाङको घोराही उपमहागनरपालिका वडा नम्बर १४ नयाँ बसपार्कमा ‘न्यू थवाङ्गी लाली गुराँस खाजा घर’ २३ वर्षीय किशोर सुनार  पक्राउ परेका हुन। 

जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाका अनुसार रोल्पा घर भएका र हाल दाङको घोराही वडा नम्बर १४ बसापार्क क्षेत्रमा ‘न्यू कोसेली खाजा घर’ सञ्चालन गर्दै आएकी ४७ वर्षीया मीना घर्ती मगर पनि पक्राउ परेकी छन्। 

त्यस्तै घोराही वडा नम्बर १० जलौराका २० वर्षीय आकाश बुढा पनि प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन्। प्रहरीका अनुसार शुद्ध तौल गर्दा सुनारको साथवाट १८० मिली ग्राम, मगरको साथवाट ३ ग्राम ८५० मिली ग्राम र बुढाको साथबाट ४१० मिली ग्राम ब्राउन सुगर बरामद भएको हो। 

गोप्य सूचनाका आधारमा सुनार र मगरलाई बुधबार र बुढालाई बिहीबार पक्राउ गरिएको थियो। 

यसैबीच घोराहीबाट होटेल सञ्चालकसहित सात जुवाडे पक्राउ परेका छन्।  

उनीहरूको साथबाट ५८ हजार चार सय ५५ रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकामध्ये पाँच जना रूकुमपूर्व पुर्ख्यौली घर भई पछिल्लो समय घोराहीमा बसोबास गर्दै आएकाहरू छन्। 

रूकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ घर भई हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बस पार्कमा कुमारी होटेल सञ्चालन गर्दै आएका ४० वर्षीय बोधधन रोका, रूकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ११ घर भई घोराही वडा नम्बर १५ बस्दै आएका ४१ वर्षीय रामचन्द्र बुढा, पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ११ घर भई घोराही– १५ बस्दै आएका ५६ वर्षीय बिष्णु बुढा, पुथा उत्तरगंगा गाउँपालिका– ११ घर भई घोराही– १४ बस्दै आएका ५६ वर्षीय सुकलाल बुढा छन्। 

त्यस्तै घोराही– १५ का ४३ वर्षीय अम्मर घर्ती र घोराही– १३ का ४१ वर्षीय दीपक बिक रहेका छन्। प्रहरीले उनीहरूलाई गोप्य सूचनाका आधारमा बुधबार बेलुकी पक्राउ गरिएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »