सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं-फर्पिङ-हेटौंडा सडक तीन दिन बन्द

काठमाडौं । काठमाडौं-फर्पिङ-हेटौंडा सडक तीन दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ।

शुक्रबार, शनिबार र आइतबार सडक बन्द रहनेछ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार सूचना निकालेर सडक मर्मत गर्नुपर्ने भएकोले तीन दिन बन्द रहने बताएको हो।

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली हुँदै काठमाडौंबाट मकवानपुरतर्फ जाने आउने सवारी साधनको आवागमन रोकिएको ट्राफिक प्रहरीको भनाइ छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा ह्युम पाइप राख्ने काम भइरहेको कारण आवागमन रोकिएको हो।

सडकखण्ड आजबाट तीन दिनसम्म बन्द हुने ट्राफिक प्रहरीले निकालेको सूचनामा उल्लेख छ।

सवारी साधन वैकल्पिक सडकको रुपमा हेटौंडा-पालुङ-काठमाडौँ र कान्तिलोकपथको हेटौँडा-ठिगन-काठमाडौं सडक प्रयोग गर्न पनि प्रहरीको आग्रह छ।

भर्खरै

सम्बन्धित खबर

Language »