सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२० लाख भारतीय रकमसहित दुई जना पक्राउ

काठमाडौं । २० लाख भारतीय रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीले कपिलवस्तुबाट दुई जना भारतीय नागरिकलाई रकमसहित पक्राउ गरेको हो।

महाराष्ट्र प्रदेशको राइगढ जिल्ला मुम्बईसिटीका ३३ वर्षीय सलमान कुरेसिया र सोही ठाउँका ३९ वर्षीय उमेशसखाराम खंडागले पक्राउ परेको प्रहरीले जनाएको छ।

कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार नेपाल प्रवेश गरिरहेका बेला उनीहरूको साथबाट सवारी चेकजाँचका क्रममा साढे २० लाखभन्दा बढी रकम बरामद भएको थियो।

उनीहरू बेग्लाबेग्लै भारतीय नम्बर प्लेटका भाडाका गाडीबाट नेपाल प्रवेश गरेका थिए।

यूपी ४५ एएस ६६६३ नम्बरको गाडीमा सवार सलमान कुरेसियाको झोलाबाट ८ लाख र यूपी ४२ डिटी ५७२१ नम्बरको भाडाका गाडीमा सवार उमेश सखाराम खंडागलेको झोलाबाट साढे १२ लाख स्रोत नखुलेको नगद बरामद भएको डिएसपी अधिकारीले सेतोपाटीलाई बताए।

कृष्णनगर नगरपालिका वडा नम्बर २ स्थित लिंक गेटमा सोमबार बेलुकी पौने ९ बजेतिर उनीहरू पक्राउ परेका थिए। पक्राउ परेका दुवैले उक्त रकमको स्रोत खुलाउन सकेका थिएनन्।

उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »