सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गणपति डेन्टल क्लिनिकको नयाँ शाखा कोहलपुरमा विस्तार

कोहलपुर, गणपति डेन्टल क्लिनिकले आफनो नँया शाखा कोहलपुरमा विस्तार गरेको छ । कोहलपुर स्थित नेपाल बैंकको छेउमा सञ्चालनमा आएको नयाँ शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले गरेका हुन् ।


गणपति डेन्टल क्लिनिक नेपालगन्ज आसपासका बिरामीहरुका लागि नयाँ नाम भने होइन् । करिब आठ वर्षअघि नेपालगन्ज स्थित मेडिकल कलेज नजिकैबाट आफ्नो सेवा शुरु गरेको गणपति डेन्टल क्लिनिकले कोहलपुरमा आफनो तेस्रो शाखा बिस्तार गरेको यसका सञ्चालक समेत रहेका दन्तरोग विशेषज्ञ डा. प्रतिक श्रेष्ठले जानकारी दिए ।


मुख स्वास्थ्य सम्बन्धि जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न आधुनिक उपकरणहरु प्रयोग गरि गुणस्तरीय उपचार प्रदान गर्न कोहलपुरमा शाखा बिस्तार गरेको उनले बताए ।
दाँतको उपचारका लागि कोहलपुर क्षेत्रका नागरिक र अन्य जिल्लाबाट उपचारका लागि कोहलपुर आउँनेहरु नेपालगन्ज र अन्य क्षेत्र भौतारिन नपरोस् भनि शाखा बिस्तार गरिएकोे श्रेष्ठको भनाइ छ ।


क्लिनिकले नयाँ शाखाबाट दात सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने जनाएको छ । सेवा प्रारम्भको उपलक्ष्यसँगै दशै,तिहारको अवसरमा क्लिनिकले सवै दन्त सेवामा २० प्रतिशत छुटको व्यवस्था गरेको समेत सञ्चालक श्रेष्ठले बताए । क्लिनिकले नेपालगन्ज मेडिकल कलेज नजिक र लाईफ लाइन जनरल हस्पिटल नेपालगन्जबाट निरन्तर आफ्नो सेवा दिइरहेको छ । भविष्यमा अन्य जिल्लामा पनि शाखा बिस्तारको योजना रहको सञ्चालक श्रेष्ठ बताउँछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »