सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली जनसम्पर्क समिती भारतको आयोजनामा नेपाली काङ्रेसका महामन्त्री गगन कुमार थापा संग आन्तरिक अन्तरकृया एबम छलफल

भारत / नेपाली जनसम्पर्क समिती भारतका अध्यक्षको नेतृत्वमा बिस्वभरिका नेपाली जनसम्पर्क समितिका माग हरु पनि समेटी १९ बुदे माग राखिएको छ।

महामन्त्रीले प्रबासका मागहरुलाइ महत्त्वपूर्ण दिई समस्या समाधान गर्दै अझ प्रभाव कारी बनाउने प्रतिबद्धता जनाउनु भएको छ।साथै जनसम्पर्क समितिका सदस्य हरुलाइ थप उर्जा दिदै ससक्त समिती बनाउन पाटिले पनि सहयोग गर्ने प्रशिक्षण बेबस्था मिलाउने जस्ता बिषयमा छ छलफल सम्पन्न भएको छ।

मितिः२०८०१ कार्तिक ९ गते

माननीय महामन्त्री ज्यू

नेपाली काङ्ग्रेस केन्द्रिय कार्यलय सानेपा ललितपुर

बिषय– नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरुले महासमिति बैठक र बिच बीचमा प्रस्तुत गरिएका मागहरु केन्द्रिय कार्य समिती बाट निर्णय गराइ कार्यनन गराउने बारे

बिस्वभरी छरिएर रहेको नेपाली जन सम्पर्क समितिहरुको तर्फबाट महासमिति बैठकमा प्रतिनिधित्व गर्ने सम्पूर्ण महासमिति सदस्यहरु मिति २०८० फागुन ७ देखि १० मा सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकमा निम्न प्रस्ताब रखिएको थियो । बैठकमा सबैको समर्थ रहेको पनि थियो ।

बिश्वभरि छरिएर रहेको सम्पूर्ण जन सम्पर्क समितिले बिदेशमा बसेको सम्पूर्ण नेपाली तथा प्रजातन्त्र प्रति प्रतिबद्ध सम्पूर्ण नेपालीको एकता भाईचारालाई गोलबद्ध गर्दै नेपाल र नेपालीको आर्थिक, राजनीति, रोजगारी, सामाजिक र साँस्कृतिक बिकासमा चौतर्फी योगदान गर्दै आई रहेको छ ।आम निर्वाचनहरुमा २०४८ साल देखि २०७९ सम्मका गरेको योगदान जन आन्दोलन , २०४५–४६ ,६२–६३ मा समिति हरुले पुर्याउनु भएको योगदान स्मारण गराउदै नेपाल र नेपालीको बिकासमा प्रतक्ष सहभागिता र नेतृत्व गर्दै आईरहेको हुनाले विदेशमा बस्ने ७९ लाख भन्दा बढी नेपालीहरुसंग सिधा जोडिन र उनीहरुको एजेन्डालाई नेपाली कांग्रेसको केन्द्रमा राखेर नीति नियम बनाई प्रबासमा बस्ने नेपालीहरुका भावना र मन छुने गरि प्रबासमा बस्ने नेपालीको आत्म सम्मान भएको महसुस गराउदै नेपाली कांग्रेस र नेपाल शीत जोड्नको लागि मिति २०८१ श्रावण २३ देखि सुरु गईरहेको नेपाली कांग्रेसको केन्द्रिय कार्य समिती बैठकमा पनि महासमिति बैठकमा पास भएका माग नेपाली काङ्ग्रेस केन्द्रिय समिती बाट पनि पास गरि कायनन गराउन अनुरोध गरेकाथियौ। तर मिति २०८१ श्रावण २३ देखि सुरु भएकोको नेपाली कांग्रेसको केन्द्रिय कार्य समिती बैठकको निणयमा नेपाली जनसम्पर्क समितिका अधिकारहरुशीत समन्धित धाराहरु निलम्बन गरिएको छ ।

पछि नेका मुख्य सचिब बाट परिपत्र मार्फत सच्चाइएको कुरा भएता पनि नेपाली जनसम्पर्क समितीहरुको अनुरोध छ केन्द्रिय कार्यसमिति बाटै निर्णय गराइ सच्चाउन अनुरोध छ।

१) नेपाली जन सम्पर्क समितिहरुलाइ १ निर्वाचन क्षेत्र बराबरको अधिकार २०५७ साल देखिनै दिएको बिधान संसोधन गर्दा छुट भएकोले अहिले हामीले ७ जना महाधिबेसन प्रतिनिधि मात्र पाइएको छ । तर बिधाननत २५ जना पाउनु पर्ने भएकोले सो माग पूरा गराइ कार्यान्यन गराउने र भारतलाइ पहिला देखि दिदै आएको २ निर्वाचन क्षेत्र बराबरको मान्यता दियोस।

२) केन्द्रिय अधिबेशनमा जस्तै प्रदेस अधिबेशनमा पनि प्रतिनिधि सहभागी गराउने व्यवस्था गरियोस।

३) नेपाली जनसम्पर्क समिती बाट आउने महाधिबेसन प्रतिनिधिले ५७ साल देखिनै मत दिने र उम्मेद्बारी दिने व्यवस्था थियो अहिले सो व्यवस्था हटाइएको छ। पुन कार्यान्यन गराइ उम्मेद्बारी पनि पाइने ब्यबस्था गरियोस।

४) भारतलाई १ जना केन्द्रिय सदस्य १ जना आमन्त्रित केन्द्रिय सदस्यको व्यवस्था मिलाउने । अन्य महादेसिय स्तरमा एक एक जना केन्द्रिय सदस्य एक एक जना आमन्त्रित सदस्यको मिलाउने व्यवस्था गरियोस ।

५) प्रबासबाट फर्किनु भएका नेपाली जन सम्पर्क समितिका मित्रहरूलाई नेपालमा सम्मान जनक उचित व्यवस्थापन मिलाउने व्यवस्था गरियोस ।

६) प्रत्येक प्रदेश, जिल्ला कार्यसमितिमा प्रबासबाट पनि कार्यसमितिमा सदस्यनियुक्ति हुने व्यवस्था गरियोस ।

७) रास्टिय सभा र समानुपातिक माध्यमबाट नेपाली जनसम्पर्क समितिमा कार्यरत मित्रहरूलाई पनि राज्यको निकायमा सहभागी गराउने व्यवस्था गरियोस ।

८) विश्व स्तरको, महादेसिय स्तरको कार्यसमितिहरु बनाउने । अहिले जनसम्पर्क समिीतहरुको अधिकार सुनिस्चित गरि बिश्व स्तरको, महादेसिय स्तरको कार्य समितिहरु गठन गर्दा देशहरुबाट आएका महाधिबेसन प्रतिनिधिहरुबाट कार्यसमिति गठन गर्ने व्यवस्था गरियोस । ९) विश्वस्तरको बिधानमा पार्टिले बनाएको बिधान अनुरुप एकरुपता कार्यान्यन गराउने व्यवस्था गरियोस ।

१०) विश्वस्तरकै केन्द्रिय कार्यलय बि पि कोइरालाले स्थापना गरेको भारतमा बनाउने व्यवस्था गरियोस

११) जनसम्पर्क समितिको क्रियासिल सदस्य र नेपाली कांग्रेसको क्रियासिल सदस्यको प्रकार भिन्न भिन्न नभई एउटै हैसियतका हुने क्रियासिल सदस्य स्वरूप नेपाल वा बिदेशमा समान हैसियतको मान्यता हुने व्यवस्था गरियोस

१२) नेपाली जनसम्पर्क समन्वय विभाग र गैरआवासीय नेपाली सम्बन्धी विभागमा गठन गर्दा विभागमा मनोनित हुने सदस्यहरुका हकमा जनसम्पर्क समितिकै सदस्यहरुलाई पहिलो प्राथमिकता दिनपुर्ने । यसका लागि जनसम्पर्क समितिको सिफारिसका आधारमा मात्र विभागीय सदस्य मनोनयन गर्ने व्यवस्था गरिनुपर्छ उपप्रमुख, सदस्य–सचिव, सहित ८०% सदस्य जनसम्पर्क समितिबाट नै मनोनित गर्ने व्यवस्था गरियोस

१३) संविधान प्रदत्त मताधिकारका लागि नेपाली कांग्रेसको केन्द्रिय समिती बैठकले निर्णय गरि आगामी आम निर्वाचनदेखि नै विदेशमा रहेका नेपाली नागरिकहरुले मताधिकार प्रयोग गर्न पाउनेगरी काम गर्न नेत्तृव लिनु पर्छ ।

१४) नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिहरुले सम्बन्धित प्रदेश अधिवेशनमा समेत मताधिकार उम्मेद्बारी दिन पाउने बेबस्था मिलाइयोस ।

१६ बिदेशमा रहेका दूतावासले नेपाली जनसम्पर्क समितिलाइ अपहेलना गर्ने असहयोग गरेकै कारण समितिलाई काम गर्ने कठिन परेको पार्टीको कोटाबाट गएका राज दुतहरुले पनि असहयोग गर्ने गरेकोले नेतृत्वले समयमै सुधार गर्न ध्यानाकर्षण गराउन चाहन्छौं ।

१७- नेपाली काङ्ग्रेस क्रिया सिल सदस्यताको शुल्क नेपालमा जस्तै बिश्वा भरिबाटै २५% नेपाली काङेसमा ७५% समन्धित देशमा संगठन चलाउना राख्ने बेबस्था गरियोस हाल १००% सदस्याता सुल्क नेपालि काङ्ग्रेसमा पठाउने बेबस्था छ ।

१८- १४ महाअधिबेसनका नेपाली काङ्ग्रेस कृयासिल प्रमाणपत्र माहाअधिबेशन पुर्ब पाउनु पर्ने १५ महाअधिबेशन को कृयासिल नवीकरण सुरुहुदा आज सम्म कृयासिल प्रमाणपत्र पाएका छैनौ यथासिग्र नेपाली काङ्ग्रेस कृयासिल प्रमाणपत्र उपलब्ध गराइदिन अनुरोध गर्द छौ।

१९- मिति २०८१ श्रावण २३ देखि सुरु गईरहेको नेपाली कांग्रेसको केन्द्रिय कार्य समिती बैठकको निणयमा नेपाली जनसम्पर्क समितिका अधिकारहरुशीत समन्धित धाराहरु निलम्बन गरिएको छ पछि नेका मुख्य सचिब बाट परिपत्र मार्फत सच्चाइएको कुरा भएता पनि नेपाली जनसम्पर्क समितीहरुको अनुरोध छ केन्द्रिय कार्यसमिति बाटै निर्णय गराइ सच्चाउन अनुरोध छ।

बालकृष्ण पाण्डे

पुर्ब नेका केन्द्रिय आमन्त्रित सदस्य

एबम

अध्यक्ष नेपाली जनसम्पर्क समिती भारत

भर्खरै

सम्बन्धित खबर

Language »