काठमाडौं। बारामा धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या भएको छ।
शनिबार साँझ महागढीमाइ नगरापालिका-१ नैकाटोलका ५० वर्षीय श्रीनारायण यादवको शनिबार बेलुका हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाका अनुसार घटना शनिबार बेलुका ७/८ बजेबीच भएको थियो।
श्रीनारायण यादव घरनजिकको पसलबाट फर्किँदै गर्दा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो।
‘भट्टी पसल र घर ६ सय मिटरको दुरीमा रहेछ,फर्किँदै गर्दा धारिलो हतियार प्रहार हुँदा गरी गर्धनमा चोट लागेको थियो,’ डिएसपी सापकोटाले भने, ‘ उपचारको क्रममा हिजै प्रादेशिक अस्पतालमा मृत्यु भयो।
यस घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
तर अहिलेसम्म कुनैपनि कारणहरू नखुलेको डिएसपी सापकोटाले जानकारी दिए।