सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२२१ किलो गाँजासहित एक जना पक्राउ

काठमाडौं। धनुषाबाट दुई सय २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।

शनिबार साँझ जनकपुर उपमहानगरपालिका-१४ बाबा आयल्स सेन्टर नजिकबाट २ सय २१ किलो ३८ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुंगवालाई प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले ना.५ ख १७७ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने गाँजा फेला पारेको हो। 

यस सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »