सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुष्पलाल चोकमा सुर्खेती टुर्स एण्ड ट्राभल्स सञ्चालनमा


नेपालगन्ज, नेपालगन्जबाट भारतका विभिन्न ठाउँहरूमा जाने यात्रुहरूलाई मध्यनजर गर्दै नेपालगन्जमा सुर्खेती टुर्स एण्ड ट्राभल्स सञ्चालनमा आएको छ ।

नेपालगन्जको पुष्पलाल चोकमा कार्यालय स्थापना गर्दै ट्राभल्सको खजुरा गाउँपालिक–४ का पूर्ववडाध्यक्ष तिलकबिर सुनारले पूजा गर्दै रिवन काटेर उद्घाटन गरेका थिए ।

पछिल्ला दिनहरूमा भारतीय गाडिहरूमा नेपाली यात्रुहरू ठगिने, टिकट अनुसारको सिट नपाईने जस्ता समस्याहरूलाई निराकरण गर्नका लागि सुर्खेती टुर्स एण्ड ट्राभल्स सञ्चालनमा ल्याईएको ट्राभल्सका अध्यक्ष रामबहादुर पौडेलले जानकारी दिए ।

ट्राभल्सबाट भारतको गुजरात, अहमदाबाद, सुरत, राजकोट, नागपुर, हैदराबाद, बैङ्गलोर, चेन्नई, ईन्दोर नासिक, मुम्बई, गोवा, पुना, हरिद्धार, दिल्लीउत्तराखण्ड, सिमला लगायतका स्थानमा सेवा दिईने पौडेलले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »