सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सामान्य विवादमा चक्कु प्रहारबाट एक जनाको मृत्यु

काठमाडौं। तनहुँको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा शनिबार साँझ चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

चक्कु प्रहारमा संलग्न भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए।

व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने दुई मजदुरबीच सामान्य विवाद हुँदा थापाले चक्कु प्रहार गरेका थिए।

प्रहरी निरीक्षक पासवानले भने, ‘सामान्य विवाद हुँदा गालीगलौज भएपछि खाना बनाउने क्रममा तामाङमाथि चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’  

भर्खरै

सम्बन्धित खबर

Language »