काठमाडौं । काठमाडौंको ठमेल तथा दरवारमार्ग क्षेत्रमा लामो समय गुण्डागर्दीको एकछत्र राज गरेका राजिव गुरुङ उर्फ दिपक मनाङ्गेका मुद्धाहरु पुन बल्झिन थालेका छन् ।
गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित दिपक मनाङ्गेको सर्वोच्च अदालतमा चलि रहेको ज्यानमार्ने उद्योग मुद्धामा आज फैसला हुँदा न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै ५ वर्ष कैदको फैसला सुनाएको छ ।
आजको फैसला पछि अब के हुन्छ भन्ने बिषयमा सामाजिक संजालहरुमा बिभिन्न किसिमका बहसहरु समेत हुन थालेका छन् ।
मनाङ्गेको सांसद पद धरापमा परेको संकेत देखापरेको एकाथरी मानिसहरुको धारणा रहेको छ ।