सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युवा साहित्यकार एन.बी.अन्जानको “ अन्जान एकल साँझ”गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न

काठमाडौं । युवा साहित्यकार एन.बी.अन्जानको “ अन्जान एकल साँझ”गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा आज दर्जनौ साहित्यकार ,दर्शक,श्रोता तथा मिडियाकर्मीहरुको बिचमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पत्रकारीता तथा लेखनक्षेत्रका प्रबुद्ध व्यक्तित्व तारा बरालको बिशेष उपस्थिति रहेको थियो ।
कवी प्रज्वल अधिकारीको संयोजन तथा गोधूलि साहित्य प्रतिष्ठानको आयोजनामा गरिएको कार्यक्रम सन्चालन तथा सहजिकरण चर्चित गजलकार बाबु त्रिपाठीले गर्नु भएको थियो भने गायनमा राज सागरले अन्जानलाई साथ दिनु भएको थियो ।
लामो समयदेखि लेखन तथा साहित्य क्षेत्र अन्तर्गत बिबिध बिधामा कार्य गरिसक्नु भएका अन्जानले आफ्नो गजल वाचन गरिरहँदा हलबाट वान्स् मोरको बर्षा समेत भएको थियो ।
चुपचाप साधनामा रहेर हल्लाभन्दा बाहिर बसेर गजलकार अन्जान सिनेमाको लेखन र निर्देशन गर्नुहुन्छ, गजल लेख्नुहुन्छ यो उहाँको विशेषता हो ।
रातारात चर्चाको शिखर खोज्नेहरूका लागि एन.बी. एउटा उदाहरण हुनुहुन्छ । अन्जानले ‘मरुभूमि साहित्य यात्रा’ गजल संग्रह, ‘आहुति’ गजल संग्रह, ‘आधा इन्च’ हाइकु एसिया कै सानो कृति, ‘कोपिला’ नेपाली भाषाको पहिलो रुबाई महाकाब्य जस्ता चर्चित पुस्तकहरु लेख्नु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »