सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हङकङ तामाङ घेदुङको अध्यक्षमा कृष्ण थिङ सर्वसम्मत चयन

हङकङ तामाङ घेदुङको अध्यक्षमा कृष्णबहादुर लामा (कृष्ण थिङ) सर्वसम्मत निर्वाचित भएका छन्।

आइतबार जोर्डनस्थित याक एन्ड यति रेस्टुरेन्ट एन्ड बारमा भएको घेदुङको १४औँ अधिवेशनले लामाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

समितिको उपाध्यक्षद्वयमा निलकुमार वाइबा र कमली वाइबा चुनिएका छन् भने महासचिवमा पछि नियुक्त गर्ने गरी रिक्त राखिएको छ।

सचिवको जिम्मेवारी विजय तामाङले पाएका छन्। कोषाध्यक्षमा विजय तामाङ (थिङ) र सह-कोषाध्यक्षमा मिना वाइबा चुनिएकी छन्।

सदस्यमा निर्वाचितहरूमा मिलन तामाङ, योगेश लामा, दिव्या लामा, सुरेन्द्र तामाङ, निलबहादुर तामाङ, सरोज तामाङ, भरत घिसिङ, योगेश लामा र ज्योति मोक्तान तामाङ छन्। रिक्त महासचिव पदमा भने कार्यसमितिले मनोनीत गर्नेछ।

अधिवेशनमा निर्वाचन मण्डलको भूमिका शेरबहादुर लामाको सभापतित्वमा सदस्यद्वय दीलिप तामाङ र रामबहादुर लामाले निर्वाह गरेका थिए। यसअघि घेदुङको नेतृत्व सुस्मा वाइबाको काँधमा थियो।

नवनियुक्त अध्यक्ष थिङले तामाङ जातिको भाषा, धर्म, संस्कृति, कला प्रवर्द्धनका लागि वैचारिक ढंगले अघि बढ्ने बताए। सन् १९९८ मा स्थापना भएको घेदुङले यस कार्यमा पहिलेदेखि नै विभिन्न संघसंस्थासँग समन्वय गर्दै आएको र यस कार्यलाई आफूले पनि निरन्तरता दिने बताए।

अधिवेशन पश्चात् सम्बोधनको क्रममा अध्यक्ष थिङले निस्वार्थ भावले पारदर्शिताका साथ काम गरिने बताए। समुदायमा एकता र सद्भावलाई अझ फराकिलो बनाउनेतर्फ आफ्नो कार्यसमिति लागिपर्ने उनको कथन थियो।

सबैभन्दा महत्त्वपूर्ण कुरा विभिन्न संघसंस्थामा देखिएका विभाजन र टुटफुटको समस्या घेदुङमा पर्न नदिनेतर्फ आफू सचेत रहने अध्यक्ष थिङले बताए।

सानोतिनो कमजोरी हामी आफैमा भएको छ कतै घेदुङ  बिभाजन,टुटफुटको संङ्केत बल्झिदो छ। तर हामी एकतामा बाँधिन चहान्छौँ यस्तो खलबलिदो अवस्थामा आम हङकङ बासी तामाङ समुदायलाई हतोत्साहित नहुन आग्रह  समेत गराए।
 
अधिवेशनमा हङकङमा रहेका विभिन्न जातीय तथा क्षेत्रीय संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।

भर्खरै

सम्बन्धित खबर

Language »