काठमाडौं । नारायणघाट–मुग्लिन सडकको नौकिलोमा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
आइतबार राति नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो।
बागमती प्रदेश ००३–००१ ख ३४९० नम्बरको ट्रक पल्टिँदा दुई जना लामो समयसम्म च्यापिएका थिए।
उनीहरु दुबै जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ बस्ने ३८ वर्षीय श्याम बजगाई र सोही ठाउँका ३१ वर्षीय दीपक दाहालको मृत्यु भएको हो।
घाइते भएका ट्रकका सहचालक रामेछापका २१ वर्षीय मानबहादुर विकको भरतपुरस्थित एलाइभ हस्पिटकल एण्ड ट्रमा सेन्टरमा र मकवानपुरको हेटौंडा–१८ बस्ने अन्दाजी ६० वर्षीय दलबहादुर कोइरालाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
ट्रकका चालक मकवानपुरगढी–६ का २८ वर्षीय दिनेश पुडासैनीको खोजी भइरहेको प्रहरीले जनाएको छ।