सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादीकी तिमल्सिना विजयी

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार देवकी  तिमल्सिना विजयी भएकी छन् ।  खसेको कुल ४ हजार ५२४ मतमध्ये माओवादीकी तिमल्सिना १६ सय ३७ मतसहित निर्वाचित भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसकी सविता बुढाले १५ सय ९४ मत ल्याएकी छन् ।  यस्तै एमालेका जाना शाहीले ११ सय ३२ मत प्राप्त गरेकी छन् भने राप्रपाले ५१ रास्वपाले २५ र स्वतन्त्र उम्मेदवारले ९ मत ल्याए । यस्तै ७८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकारीले बताए ।

०७९ मा माओवादीका चन्द्रसिंह कार्कीले ३ हजार २६९ मत ल्याएर जितेका थिए ।  केही समयअघि सडक दुर्घटनाका कारण मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो ।  माओवादीले उक्त सिट अहिले पनि सुरक्षित राख्न सफल भएको छ । 

को हुन् निर्वाचित देवकी  ?

निर्वाचित भएकी तिमल्सिनाले माओवादीले थालेको सशस्त्र युद्धकै बेला रेडियो गणतन्त्रमा काम गरेकी थिइन् । पार्टीमा समीक्षा नामले चिनिने उनी साहित्यकार, लेखक तथा ग्रामीण समाजको गहिरो अध्ययन गरेकी महिला नेतृ हुन् ।

सर्केगाड नगरपालिका–८, रादेउ निवासी देवकीले विभिन्न संघ, संस्थाहरूको विभिन्न पदमा रहेर अनुभव बटुलेकी छन् । पोलिटिकल साइन्समा एमए गरेकी उनी हाल माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य छिन् ।

मुख्यमन्त्री रोजगार कार्यक्रम कर्णाली प्रदेशको राष्ट्रिय सल्लाहकार समेत रहेर कर्णालीको समाज र यहाँको आवश्यकताबारे जानकार छिन् । कर्णाली साहित्य समाजको उपाध्यक्ष समेत भइसकेकी उनी पूर्व पत्रकार हुन्, उनले रेडियो गणतन्त्र नेपालमा २०६० देखि ०६३ सम्म काम गरेकी थिइन् ।

यस्तै उनले नौलो जनसन्देश दैनिक नेपालगञ्जको संवाददाता, नयाँ कर्णाली मासिक पत्रिकाको कार्यकारी सम्पादक, रेडियो मिरमिरेमा रेडियो पत्रकारका रूपमा काम गरेकी थिइन् । माओवादीको मुखपत्र जनादेश दैनिकमा समेत काम गरिन् उनले । उनले लैङ्गिक समानता, सामाजिक रूपान्तरणका विभिन्न तालिमहरू लिएर समाजको गहिरो अध्ययन गरिरहेकी छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »