सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बढैयातालका वडाहरुलाई पनि वालविवाहमुक्त वडा घोषणा गर्न शुरु

नेपालगन्ज, बर्दियामा सञ्चालन गरिएको बालविवाह विरुद्धको अभियान अन्तर्गत बढैयाताल गाउँपालिकाको वडा नम्बर ८ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको अथक प्रयास र संयुक्त सहकार्यबाट यो उपलब्धि सम्भव भएको वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलले बताउनुभयो ।


वडा नं ८ का वडा अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको वालविाहमुक्त वडा घोषणा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमेश्वर ढकालले बर्दियालाई वालविवाहमुक्त जिल्ला बनाउन सबैले लाग्नु पर्ने बताउनुभयो ।
उहाँले सो कार्यमा संलग्न सबै सरोकारवालालाई उक्त अवसरमा धन्यवाद पनि दिनुभयो ।
सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका मुख्य सल्लाहकार लक्ष्मण ज्ञवाली, बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीलगायतले पनि बढैयाताल गाउँपालिकालाई वालविवाहमुक्त घोषणा गर्ने अभियानमा तिव्रता ल्याईएको बताउनुभयो ।
कार्यक्रममा स्थानीय अगुवा, राजनीतिक दलका प्रतिनिधि, धार्मिक तथा सामाजिक अगुवा, पत्रकार, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
करिब १५ सय बढी सर्वसाधारण सहभागि सो कार्यक्रमको विशेष आकर्षण नेपाल आइडलका बिजेता करण परियारको लाइभ प्रस्तुति रहेको थियो जसमा उहाँका सुमधुर गीतहरुले दर्शकहरुलाई रोमाञ्चित बनाएको थियो । सहभागिहरुले अन्य विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आनन्द लिएका थिए ।
बाँके युनेस्को क्लबका कार्यवाहक कार्यकारी निर्देशक महेश नेपाली र प्लान इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अम्बिका प्रसाद तिमिल्सेनाले वालविवाहमुक्र घोषणाका लागि गरिएको सामूहिक प्रयासका बारेमा बिस्तृत रुपमा जानकारी गराउनुभयो ।
बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछाने, कार्यक्रम अधिकृत ईश्वर विक, सामाजिक परिचालन अफिसर लक्ष्मी थारु र फिल्ड सुपरवाइजर रामबहादुर चौधरीको पनि सो अवसरमा उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन हिक्मत सुनारले गर्नु भएको थियो । सो ऐतिहासिक घोषणाले बढैयाताल गाउँपालिकाका बालबालिकाको उज्ज्वल र सुरक्षित भविष्यप्रतिको सामूहिक दृष्टिकोण र प्रतिबद्धता प्रष्ट गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »