निजी वा प्राईभेट विद्यालय र सामुदायिक वा सरकारी विद्यालयलाई अलि नजिकबाट नियाल्ने मौका पाएको थिए । मलाई मेरो बच्चाको शैक्षिक गुणस्तरको चिन्ताले दिनरात चिन्तित बनाइनै रहन्थ्यो यही कमै निरन्तर चल्दै थियो मेरो पहिलो सन्तान र लक्ष्मीको रुपमा यस धर्तिमा वि स २०६९ साल फागुन १६ गते जन्म लिइएकी मेरी सुपुत्री सुश्री ओरोही बजगाँई ( खुशी ) दिनप्रतिदिन प्राकृतिक ढङ्गले हुने बृद्धि विकाससंगै हुर्कदै गइन् मलाई छोरीलाई कस्तो खालको शिक्षा दिने ? कुन विद्यालयम दिने ? भन्ने चिन्ताले दिनरात पिरल्न थालिसकेको थियो जुन समय म मेरो जन्मघर साविक चाउथे गा० वि ० स ० को वडा नं २ स्थित थापागाउँमा स्थायी बसोबस गर्ने गरेको थिए त्यहाँबाट लगभग २ कि.मी को दुरीमा गौरीखर्क आधारभूत विद्यालय रहेको थियो ।
गौरीखर्क आधारभूत विद्यालय जुन विद्यालय मेरो पहिलो पाठशाला रुपमा पनि रहेको थियो त्यो विद्यालय तामाङ्ग सामुदायको बस्तिको बिचमा भागमा रहेको छ त्यतिबेला देखि नै त्यहा पढ्ने विद्यार्थी लगभग लगभग ९५ % तामाङ समुदाएका थिए अहिले पनि ९५% भन्दा माथि विद्यार्थी त्यहा तामाङ समुदयकै हुनुहुन्छ । छोरीलाई विद्यालय पठाउनुपर्ने दिन आयो मेरी जिबन संगिनीले त्यतिबेला चाउथे फाँटमा रहेको एलिस आर्दश इंगलिस बोडिङ्ग स्कुमलमा छोरीलाई अक्षर चिनाउनेदेखि कक्षा १ सम्मको शिक्षा दिन सफल भईयो ।
त्यसप्रसा त उक्त बोडिङ स्कुल बन्द हुने पुग्यो र २०७५ सालको नयाँ शैक्षिक सत्रबाट मैले छोरीलाई श्री कालिका माध्यामिक विद्यालयमा कक्षा १ मा भर्ना गरे त्यतिबेला मेरो आदरणीय सर सम्भु प्रसाद ढुंगाना विद्यालयको प्र. अ जिम्मेवारीमा हुनुहुथ्यो छोरीलाई विद्यालय लान ल्याउन पर्ने भएको कारणले मैले दिनमा २ पटक विद्यालय जानुपर्थ्यो बिहान छोरी पुऱ्याउन र बेलुका छोरी लिन शौक्षिक सत्रको पहिलो परीक्षाको पहिलो दिनदेखि शौक्षिक गुणस्तरसम्बन्धी मलाई चित्त नबुझेको कारणले फेरी छोरीलाई सोही दिन बेलकोटगढी नगरपालिका वडा नं २ स्थित बाल लिला इंगलिस बोडिङ् स्कुलमा कक्षा १ मा भर्ना गरी गुणस्तरीय शिक्षा दिने हेतुले कक्षा ३ सम्मको शिक्षा त्यहाबाट प्रदान गरियो त्यहाँबाट फेरी अझ गुणस्तरीय शिक्षा दिने उद्देश्यले आदरणीय दाजु लक्ष्मण ढुंगानाको सल्लाहमा छोरीलाई साउथ वयस्ठन स्कुल सामाखुशीमा भर्ना गरियो जुन बेला कोभिडको प्राकृतिक विपतिको समय थियो छोरीले अनलाइन कक्षामार्फत कक्षा ४ त्यहीबाट पास गरिन ।
अब मसंग विद्यालय जाने बच्चाहरु १ बाट २भइसकेको थियो छोरालाई पनि छोरीको विद्यालय सामाखुशीमा पढाउने निर्णयका साथ उक्त विद्यालयमा भर्ना गराउनको लागि छोरा आयुष बजगाई लाई बोकेर चाउथे फाँटबाट हामी श्रीमान् श्रीमती मोटरसाइकलमा सामाखुशी साउथ वर्यस्टन विद्यालय पुग्छौ । छोरालाई त्यहा लानुअघिको पहिलो विद्यालय भने आंगेटार आधारभूत विद्यालय थियो खर्चको कारण दुबै जना छोराछोरीलाई हामीले त्यही विद्यालयमा पठाउन सकेनौ र कौसल इंगलिस बोडिङ स्कुल जरङखुईस्थित छोरीलाई ५ कक्षामा र छोरालाई कक्षा यू के जी मा भर्ना गरियो २ वटा शौक्षिक सत्रपछि २०८१ सालको नयाँ शैक्षिक सत्रबाट फेरी छोरीलाई कलिका माध्यामिक विद्यालय कक्षा ७ र छोरालाई बाल लिला इंगलिस बोडिङ् स्कुल कक्षा २ मा भर्ना गरी छोराछोरीको शौक्षिक अबस्था राम्रो होस् भन्ने चाहानाबाट म अझैपनि विचलित छैन उनीहरुले सिक्नपर्ने जति सिके सिकेनन् तर मैले भने सरकारी विद्यालय र निजी विद्यालय बिचको प्रत्यक्ष भोगाई सिकन सफल भए।
जुन कुरा उल्लेख गर्दैछु शिक्षाले मात्र समाजलाई सहि मार्गमा मार्ग निर्देशन गर्न सक्छ शिक्षा नै मानिसको तेस्रो आखा हो भनेझै शिक्षा विना कुनैपनी विषय बस्तुमा परिवर्तन सम्भव हुदैन । एउटा व्यक्ती शिक्षित भएपछि परिवार, टोल, गाउ, वडा, गाउँपालिका नगरपालिका जिल्ला प्रदेश संघ हुदै सिंगो देश शिक्षित हुन्छ । शिक्षामा गरेको लगानी खेर जादैन l तवमात्र देशले विकास, निर्माण तथा उन्नती प्रगती मा ठुलो फडको मार्न सक्छ शिक्षालाई राजनीति भन्दा निकै माथी राखे मात्र शिक्षा क्षेत्रलाई थप उचाइमा लैजान सकिन्छ ।
मुख्यतया सामुदायिक विद्यालयहरू प्राय निजी विद्यालय हरू सरह शैक्षिक क्षेत्रमा अघी बढन नसक्नुमा मुख्य कारणको रूपमा रहेको विद्यालयमा दलिय राजनितिको अन्त्य गर्न सकियो भने मात्र सामुदायिक विद्यालयलाई निजि विद्यालय सरह शैक्षिक उपलब्धि हरू हासिल गराउन सकिन्छ यस्तै विद्यालयमा शिक्षक नियुक्तिमा समेत हुने गरेको दलिय कोटाको अन्त्य गरी ऐन कानुन अनुसार स्वस्च्छ तरिकाले प्रतिस्पर्धा गराई शिक्षक नियुक्ति गरियो भने शैक्षिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
यस्तै अर्को प्रमुख कारणको रूपमा रहेको अभिभावकले विद्यालयमा विद्यार्थीको शैक्षिक गुणस्तर, अनुशासन तथा विद्यालयमा हुने अन्य अतिरिक्त विविध क्रियाकलाप हरुको सन्धर्वमा विद्यार्थीको भूमिका कस्तो छ भनेर चासो राख्ने गरेको न्यून मात्रामा पाइन्छ। त्यसैले गर्दा पनि विद्यालयले मात्र चाहेर सबैकुरा सफल पनि कठिन हुने देखिन्छ । विद्यालयमा शिक्षकको मिहेनत, विद्यार्थीको अनुशासन र अभिभावकको निरन्तर चासो, सल्लाह, समन्वय र छलफलबाट मात्र विद्यालय सही मार्गमा अघी बढी थुप्रै विषयमा उपलब्धी हरु हासील गर्न सक्छ ।
अझ आर्थिक पारिश्रमिकको पक्षमा हेर्ने हो भने सरकारी विद्यालयका शिक्षकहरुको तुलनामा निजि विद्यालय शिक्षकको तलब प्रतिशतको हिसाबमा हेर्दा ३० प्रतिशत देखी ५० प्रतिशत सम्म कम पारिश्रामिक पाउने गरेको देखिन्छ तर शैक्षिक गुणस्तर सामुदायिक विद्यालयमा भन्दा अत्याधिक बढी निजी विद्यालयमा हुने गरेको देखिन्छ यो अली गम्भिर समस्याको रूपमा रहेको पाइन्छ । यो विषयमा सम्बन्धित निकायको ध्यान केन्द्रित हुनु अत्यावश्यक ठान्दछु ।
धेरै खर्च कम उपलब्धी भनेझै सामुदायिक विद्यालयमा शिक्षकको पारिश्रमिक मा मात्र राज्यले खर्च गर्ने रकमले निजी विद्यालयको सबै खालका शैक्षिक, कार्यलय सञ्चालन तथा पारिश्रमिक खर्च समेत पुग्ने जस्तो देखिन्छ र पनी शैक्षिक गुणस्तर भने निजी विद्यालयको मात्र बढि छ किन होला ???
यो विषयमा नेपाल सरकार र तपाई हामी सर्व साधारण पत्रकार सामाजिक अभियान्ता स्थानिय निकाय विभिन्न तह र तप्काका शैक्षिक कार्यलय हरू लगाएत अन्य सबै सम्बन्धित पक्षको ध्यान केन्द्रित गराई शिक्षामा अतुलनिय योगदान पुऱ्याई शैक्षिक क्षेत्रलाई देशको मेरुदण्डको रुपमा विकास गरी सामुदायिक विद्यालय लाई निजी विद्यालय भन्दा धेरै शैक्षिक उपलब्धी हरू हासिल गराउन नसकिएला भन्न सकिन्न ।
लेखक : रमेश बजगाँई
अध्यक्ष माण्डब्य बजगाँई प्रतिस्थान नेपाल जिल्ला कार्यसमिती नुवाकोट
ककनी ३ नुवाकोट ।