काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।
प्रहरीले सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङलाई पक्राउ गरेको हो ।
विदेश जान लागेको अवस्थामा उनलाई प्रहरीले बिहीबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
उनी कतार जाने तयारीमा थिए ।