काठमाडौं । प्रविधिको विकाससँगै पानी घट्टको अस्तित्व लोभ हुँदै गएको छ । रोशी खोलाको किनार तिर यदाकदा भेट्टिने जोर घट्टहरु पछिल्लो रोशि खोलामा आएको बाढीमा बिलए भएको छ ।
जोर घट्टमा हुने रमाइलो किस्साहरु कथाकोरुपमा मात्रै सुन्न पाइन्छ । गायक विशाल काल्तान र गायिका जितु लोप्चनको आवाजमा रेकडिङ भएको ”रोशी त खोलाको किनारमा” बोलको म्यूजिक भिडियो विशाल काल्तन अफिसियल युटुव च्यानलबाट सार्वजानिक भएको छ ।
यो म्यूजिक भिडियोमा वास्तविक रोशि खोलाको दश्यहरु देख्न नपाएता पनि फनफनी घुम्ने जोर घट्ट भने देख्न पाइन्छ । मोडल समिर तामाङ र सपना बम्जनको अभिनय अल्छी लाग्दो भने छैन तर लोप हुँदै गएको जोर घट्टको दृश्य भने मज्जाले नियाल्न सकिन्छ ।
नयाँ पुस्ताले जोर घट्ट कस्तो हुन्छ ? भनेर हेर्न मन लाग्यो भने यो भिडियोमा देख्न सकिन्छ । शुरु देखि अन्तिमसम्म भिडियो हेरिरहदा घट्टवाला को होला भन्ने खुलदुली सबैलाई लाग्न सकिन्छ ।
कोरियोग्राफ प्रतिक न्यासुरले म्युजिक भिडियोको अन्तिम दृश्याई रोचक ढंगले प्रस्तुत गरेको पाइन्छ ।
मोडल सपना बम्जनले तिमी जस्तो च्याङ्बा काम छैन भने पनि भोक मेटाइ दिएको हो कि ?
बाँकी भिडियो हेर्नुहोला ।