सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यो वर्ष हिउँदमा सरदभन्दा कम वर्षा हुने अनुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर सरदरभन्दा कम वर्षा हुने अनुमान गरेको छ ।

विभागले मंसिर १६ देखि फागुन १६ सम्मको तीन महिनाको (हिउँद) अवधिमा देशभर सरदर भन्दा कम वर्षा हुने अनुमान गरेको हो ।

कोशी प्रदेशका दक्षिणी भू–भाग र मधेश प्रदेशका पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका दक्षिणी भू–भाग, कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, गण्डकी प्रदेशका पूर्वी तथा दक्षिणी भू–भाग, बागमती प्रदेश, मधेश प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशका पश्चिमी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।

देशका बाँकी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको विभागले उल्लेख गरेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »