सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वृद्धको हत्या गरी गरगहना र नगद लुटपाट

काठमाडौं । महोत्तरीमा डाँका समूहले घरमा पसेर एकजना वृद्धको हत्या गरेको छ।

शनिबार बिहान करिब ४ बजे महोत्तरीको मनवरासिसवा नगरपालिका- ४ स्थित साढाका ७० वर्षीय सुशील झाको डाँका समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।

 ७/८ जनाको समुहमा रहेको डाँका समूहले लुटपाट गर्दै झाको हत्या गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जैसवारले बताए।

 `सुन चाँदीको गरगहना र पैसा मागेपछि दिन इन्कार गर्दा हात/ मुक्काले हानेर  उनको हत्या भएको देखिन्छ । हामी घटनास्थलमै छौँ, अनुसन्धान हुँदै छ,´उनले भने ।

डाँकाले घरमा रहेको मंगलसूत्र र औठी र नगद ८० हजार लुटेर लगेको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »