सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको आयोजनामा बृहत बनभोज एवं सांस्कृतिक कार्यक्रम भव्यताको साथ सम्पन्न

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको आयोजनामा गोकर्ण जगडोल शहिद तथा निजामती पार्कमा भएको बृहत बनभोज एवं सांस्कृतिक कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यता एवं महासंघका वस्तुगत उपाध्यक्ष तथा बनभोज कार्यक्रम आयोजक समितिका संयोजक रुपेन्द्र बानिया (शिव) को शभापतित्वमा सम्पन्न कार्यक्रम महासंघका महासचिव विवेकदास श्रेष्ठले सन्चालन गर्नु भएको थियो ।
कार्यक्रममा महासंघ अन्तरगत रहेका प्रदेश समिति,जिल्ला समिति,क्षेत्रीय समिति,एरिया समितिका पदाधिकारी तथा सदस्य एवं ४०० भन्दा बढी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित बिभिन्न समितिका पदाधिकारी तथा सदस्य एवं व्यवसायीहरुलाई महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठले स्वातग मनतब्य बाट स्वागत गर्नु भएको थियो । स्वागत मनतव्य राख्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले महासंघलाई एक ढिक्का बनाउन यस्ता कार्यक्रमहरुले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा मा ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं अन्तरगत पुर्व क्षेत्रको एरियाहरुको प्रतिनिधित्व गर्दै कपन एरियाका अध्यक्ष भेषराज श्रेष्ठ र पश्चिम क्षेत्रको एरियाहरुको प्रतिनिधित्व गर्दै बालाजु,खुसीबुँ,चःमती,ढल्को एरियाको अध्यक्ष राजकुमार खड्काले मनतब्य राख्नु भएको थियो ।
कार्यक्रममा पुर्व क्षेत्रका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, पश्चिम क्षेत्रका अध्यक्ष सैलेश ठकुरी ,काठमाडौं जिल्लाका अध्यक्ष सुनिलकुमार अमात्य,ललितपुर जिल्लाका महासचिव शिव सुनुवार,भक्तपुर जिल्ला अध्यक्ष,काभ्रेपलान्चोक जिल्ला अध्यक्ष, बागमती प्रदेश संयोजक डि आर पौडेल, महासंघका सल्लाहाकार संयोजक निरन्जनकुमार श्रेष्ठले मनतव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले ग्रील तथा स्टील ब्यवसायलाई सम्मानजनक व्यवसाय बनाउन महासंघले खेल्नुपर्ने भुमिका माथि टिप्पणी गर्नु भएको थियो ।
औपचारीक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष ठुलोबाबु श्रेष्ठले गुण र दोषको आधारमा एवं कार्यसम्पादन मुल्याङ्क गरेर जाँदा सबै तल्लासमितिको साथिहरुको लक्ष्य भनेको महासंघमा पुग्नुनै हुने भएकोले आजैबाट महासंघलाई बलियो बनाउन लाग्नु पर्ने बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले ग्रील तथा तथा स्टील व्यवसायीहरु माथि कोहि कसैले पनि गिद्धेनजर लगाए त्यसलाई नछोडिने बताउनु भयो । हार्डवेयर आफैले मिस्त्री राखेर कामगर्न थालेको बिषय उठेपछि बिगतमा ग्रील व्यवसायीहरुले बिभिन्न कम्पनि,रोलिङ मिलमा समेत ताला लगाएको नबिर्सन चेतावनी समेत दिनु भयो ।
कार्यक्रममा चर्चित लोक दोहोरी गायीका उमा श्रेष्ठ, चर्चित गायक भमसेन खतिवडा,अमृत खाती,माया,हास्यकलाकार तथा जादुगर राजेन्द्र गिरी ,विश्वकै सबभन्दा होचो मान्छे को रुपमा स्थापित मनोज गोर्खाली लगायत कलाकार हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका शभापति रुपेन्द्र बानिया (शिव)ले औपचारिक कार्यक्रमको समापन गरेसंगै कलाकारहरुले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम संचालन भई रहँदा केहि समय अगाडी भिजन स्टिल एण्ड आल्मोनियम स्टक्चर प्रा.लि.को सिंहदरवार भित्र रहेको गृहमन्त्रालयको कार्यक्षेत्रमा लडेर घाईते भई उपचारार्थ रहेका गोर्खा जिल्ला, सिरनचोक ५ रित गाउँका मनिष गुरुङको सहयोगार्थ राखिएको सहयोग बक्सामा जम्मा भएको रु १,१०,०००/महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले बिरामी मनिष गुरुङ लाई हस्तान्तरण समेत गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »