काठमाडौं । बिगत ३५ बर्षदेखी संयुक्तराज्य अमेरिकाको अलस्का शहरमा कर्मथलो बनाउदै आउनु भएका जीत तामाङ अमेरिकन बाजे उपनामले परिचीत समाजसेवी तथा गाउँपर्यटन प्रबर्धक एवं सफल ब्यबसायी तथा समाजसेवी जित तामाङ लाई धादिङ जिल्लाको अति दुर्गम रुबिभ्याली बाट भुकम्पले बिस्थापीत ५५ घरपरिवारको लागि निर्माण गरिएको नमुना बस्तीमा एक कार्यक्रमको बीच सम्मान गरिएको छ ।
जित तामाङले आफ्नो जन्मभुमीलाई अतिनै माया गरि अमेरिका जस्तो सुबिधा सम्पन्न राष्ट्रको बसाई लाई पनि ब्यबस्थापन गरि आफ्नै जन्म गाउँ बेशिसहरमा पुरै डाडै अमेरिकामा रोजगारी गरि कमाएको पैसाबाट जग्गा खरिदगरि गाउँपर्यटन प्रबर्धन गर्ने मुल हेतुले पिस हिल रेसोर्ट खोली संचालनमा ल्याएका छन् ।
सम्मान कार्यक्रममा बोल्दै बस्ती निर्माणका योजनाकार तथा परिकल्पनाकार एबं नागारिक हिरो २०७५ दिनेश तामाङले “जीत तामाङको समाजसेवी भावना,जन्मभुमी र देश प्रतिको मायाका साथै गाउँपर्यटनप्रबर्धनको लागी गरिएको कार्य र तामाङको हरेक सामाजिक सेवाको अभियानमा जीत तामाङको योगदान अतुलनीय छ जस्को मुक्तकण्ठकले नमन र सम्मान गर्दछु ।” भन्नु भयो ।
कार्यक्रममा नयाँ बस्ती आमा समुहले फुलको गुच्छा र मालाले सम्मान गरेका थिए भने सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
सोही अवसारमा बोल्दै जीत तामाङले , यो सम्मानले आफुलाई निक्कै गर्व महशुस गराएको छ भन्नुहुदै मैले त खासै समाजसेवा दिनेश भाईको अघी त केही गरेको जस्तो लाग्दैन जुन दिनेशभाईको यो परियोजना अवलोकन गर्ने मौका पायो यो बास्ताबमै नमुनायोग्य र अतिनै उच्चा सम्मान गर्नु पर्ने ईतिहासमा स्मरणरहने एकिकृत र सफल कर्म देख्दा भाईको अघी मेरो त कुनै तुलना नगर्दा पनि हुन्थ्यो तै पनि आमा समुह र दिनेश भाईले जुन कार्यक्रम गरी मलाई सम्मान गर्नु भयो यो मेरो लागी ठुलो हौशला हो भन्दै “मेरो सानो दुखले आर्जेको पिस हिल रिसोर्ट भ्रमणको लागी ५५ परिवारलाई हार्दिकता पुर्बक निम्ता गर्दाछु” भन्नु भयो ।