काठमाडौं । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक, शिक्षिकाबाट व्यावसायिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको मैत्रीनगर–२, कीर्तिपुरमा रहेको कश्यप एकेडेमीमा AI र रोबोटको प्रयोग भएको छ ।
समसामयिक र एककाइसौं शताब्दीको आवश्यकतालाई पहिचान गरी संस्कार सहितको आधुनिक शिक्षा प्रदान गर्दे आइरहेको छ । उक्त अबधारणालाई साकार रूप प्रदान गर्न बिधालयले एस एस ई (SSE: Science & Technology, Spirituality and Entrepreneurship) लाई आफ़नो मौलिक अवधारणाको रूपमा अबलम्बन गरी सोही बमोजिम सिकाई प्रक्रिया अगाड़ी बढ़ाईरहको छ ।
शनिबार kaahyap invention club ले कक्षा ४ देखी ९ सम्मका बिद्धार्थीहरूले AI र Robotics सहित कक्षा ३ देखि नर्सरी कक्षाका बिद्धार्थीहरुले Animal Theme मा आधारित प्रदर्शन आयोजना गरेका छन ।
विधार्थी हरूले निर्माण गरेका ड्रोन, स्मार्ट door luck, RC Car, Automatic Soil irrigation System, Clap light System, RC Plane , inauguration bot लगायतका AI प्रयोग गरियका प्रविधि हरू प्रस्तुत गरियको थियो ।
कार्यक्रमको उद्धाघटन पनि inauguration bot द्वारा रिबन काटेर गरियको थियो ।
त्यस पछाड़ी संपूर्ण उपस्थित अभिभावक एवं अथितिहरूलाई विधार्थीहरूले निर्माण गरेको ड्रोनबाट पुष्पबृष्टि गरि स्वागत गरिएको थियो ।