कपिलवस्तु। जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा रहेका कारण जिल्लालाई जेठ २० गतेसम्म पूर्ण रुपमा सिल गर्ने निर्णय गरिएको छ ।
जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले सरकारले घोषणा गरेको लकडाउनको समय जेठ २० गते राती १२ बजे सम्म जिल्ला सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए ।
यस अवधीमा अति आवश्यकीय सवारी साधनबाहेक सबै सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ । राजमार्ग क्षेत्रमा चल्ने सवारी साधनलाई भने जिल्लामा रोकेर कसैलाई चढाउन र झार्न नमिल्ने बताइएको छ ।
अति आवश्यकीय सामग्री, खाद्यान्न र औषधि खरिदका लागि प्रत्ये सोमबार, बुधबार र शनिबार बिहान ७ बजेदेखि ९ बजे सम्म समय मिलाइएको प्रजिअ पौडेलले बताए । जिल्ला सिल भएको अवस्थालाई उल्लघंन गर्नेमाथि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० क र संक्रामक रोग ऐन २०२० दफा २ ९१० बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय तथा गृह मंत्रालयबाट जारी भएका इपास पनि यस अवधिसम्मका लागि स्वत: निष्क्रिय हुने जनाइएको छ ।