काठमाडौँ । सरकारले लकडाउन खुकुलाे पारी सुरक्षित तवरले पसल–व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राख्दै न्युराेडका व्यवसायीहरू सडक प्रदर्शनमा उत्रेका छन् ।
बुधबार न्युराेड, रञ्जना गल्ली, धर्मपथलगायतका ठाउँमा प्रदर्शन गरेका छन् । हातमा विभन्न नारा लेखेका प्लेकार्ड बाेकेर उनीहरू प्रदर्शनमा सहभागी थिए ।